Shop

Online shopping in nepal

तपाईको व्यपार व्यवसाय तपाईका जिम्मेवारि जहा हजारौ सपना बुनिएका हुन्छन सयौका आवश्यक्ता
जरुरत पुरा गरिरहनु भएको छ ,प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारि पाईरहेका छन,कर
बुझाईरहनु भएको छ जस्ले राज्य संचालनमा सहयोग पुगिरहेको छ,कदर योग्य
तपाई व्यवसायि र तपाईको व्यवसाय सँग
मिलेर हामि व्यापारमा नया तरिका को अभ्यास गर्न चाहिरहेका छौ,
समय को विकासक्रमले मानिसहरुको सामाजिक तथा आर्थिक जिवनशैलिमा आएको परिवर्न सँगै हरेक समयमा व्यपार को तरिका र व्यवसायहरु परिवर्तन भइरहेको छ,
४ दसक अघि सम्म नुन चिनि सलाई सुर्ति र मट्टितेल ले
बजार चल्दथ्यो, पहाड बाट ७ दिन हिडेर ढाकर सहित आएका मानिसहरुले तराईका बजार भरिन्थे
धेरै व्यापार गर्न चाडबाड पर्खनु पर्दथ्यो, दुईचार ढाकर मा भरिएका सामान लिएर घुम्ने व्यापारि हरुले पुरा गाऊँहरु
झिलमिल हुन्थिए, एक जना चुरौटे दाई बाट दश गाउ का चेलिका नाडिमा चुरा भरिन्थे,।
नया कपडा किन्न दशै पर्खिने समय र माहोल जति तिव्र रुपमा बदलियो जसरि सहरहरुमा महल,सुपरमार्केट डिपार्टमेन्टस्टोर हरु ठडिए, त्यो भन्दा धेरै चाडो यो अहिलेको व्यापार को माहोल परिवर्न हुने कुरामा कुनै संदेह छैन,त्यसैले हामि बजारको परिवर्न सँगै परिवर्तन हुनको लागि तयार रहनुपर्दछ,

मानिसहरु का किन्ने तथा खर्च गर्ने तरिका,

मानिसहरुको आवश्यकता , आय र खर्च गर्ने तथा किन्ने तरिका मा आएको परिवर्तन लाई हेरेर हामि
आफ्नो व्यापार को शैलि लाई बदल्न सकिरयौ भने व्यवसाय बाट सँधै उच्च प्रतिफल प्राप्त गर्न सक्छौ,
प्रविधिसले विकास ले आज मानिसहरुको जिवनमा
धेरै अवसर हरु थपिदिएको छ ,हिजो भन्दा आज झन झन सहजता आइरहेको छ,
जिउने तरिका मा सरलता छाईरहेको छ,मानिसहरुको उतपादकत्वा वृद्धि भएको छ रोजगारिका अवसरहरु सिर्जना भएका छन,
साथ मा केहि जटिलता बड्दै गएको छ त्यो हो समयको अभाव,
यसले अहिलेको बजारको व्यपार शैलिलाइ सिधा प्रभाव पारिरहेको छ,
समयको कमि ले र प्रविधिको सरलताले गर्दा मानिसहरु को किन्ने शैलि फेरिन थालेको छ,
ईन्टरनेट प्रयोग करता हरु अत्यन्तै तिव्र रुपमा बढिरहेको छ।

समय,उर्जा र रुपयाँको पनि बचत हुने भएकोले घरमै बसेर वा अफिसमा काम गर्दा गर्दै,वा बाटो मा हिड्दा हिड्दै बजार नगइ चाहिएको समामान ईन्टरनेटको प्रयोग गरि खरिद गर्ने हरुको सँख्या दिनहु बढिरहेको छ,
प्रविधिको र ईन्टरनेट को पहुँच भएका अबका आधुनिक पुस्ता हरु ,गोजिको मोबाईल हातमा लिएर चलाएको भरमा चाहिएको सामान ढोका मा आई पुग्छ भने बजार जान लाई उत्साहित रहलान र ? उनिहरुको पहिलो रोजाई अनलाईन बजार नै रहन्छ,
अब हामिले पनि व्यापार मा अधिकतम प्रविधि को प्ययोग गर्न जरुरि छ,
अहिल्यै बाट हामि ले व्यवसाय लाई प्रविधि मा लैजान र अनलाईन बाट पनि सामान बिक्रि वितरण गर्न सक्यौ भने व्षापारमा अगाडि रहन्छौ,नियमित ग्राहक हरु त आउने नै भए, बजार नआई किन्न चाहने हरु पनि तपाई हाम्रा ग्राहक बन्नेछन उनिहरुले अनलाईन बाट सामान किन्छन, तपाईको स्टोर वा पसलमा नआई सामान किन्न मिल्यो भने तपाईको स्टोरमा आई नपु्ग्ने टाडाको मान्छे पनि तपाईको ग्राहक बन्ने भयो,तपाईले स्टोर नखोलेको दिन सनिबार वा राति बन्द गरेको समयमा पनि तपाईको सामान बिकि रहने भयो, जुन तपाईको अतिरिक्त विक्रि हो, यसले तपाईको मुनाफामा बृद्दि गराउछ,
एकै पटक धेरै जनाले तपाईको सामान खरिद गर्न पनि सक्छन,स्टोरमै आउदा एक पटकमा धेरै झना सँग कारोबार गर्न पनि नमिल्न सक्छ,अनलाईनमा बेच्ने सामान राख्नलाई सोरुम वा महँगो कोठा भाडा तिरिरहनु परेन कतै अध्याँरो स्टोरमा राख्दा पनि हुन्छ,बेच्नको लागि ग्राहक कुरेर बस्नु परेन, स्टोरमा ग्रहाक नभएपनि तपाई लाई एक जना जनशक्ति त चाहिन्छ नै
बिजुलि पँखा को पनि आवश्यक्ता परेन जस्ले तपाईको खर्च घटाउछ,
यसर्थ स्टोर बाट सँगै अनलाईन मार्फत पनि सामान बिक्रिलगर्न सके बिना खर्च आम्दानिमा वृद्धि हुनेछ